आज ६ शताब्दी यताकै लामो चन्द्रग्रहण, जान्नुहोस् समय र यसको विशेषता ?

हिन्दू धर्ममा सूर्यग्रहण र चन्द्र ग्रहणको बारेमा धेरै मान्यताहरू छन्। सन् २०२१ को अन्तिम चन्द्रग्रहण नोभेम्बर १९ शुक्रबार लाग्दैछ । यस आंशिक चन्द्रग्रहणको अवधि धेरै लामो हुने र संयोगवश करिब ५८० वर्षपछि लाग्ने खगोलविद्हरू बताउँछन् । यस पोस्ट मार्फत हानि तपाईहरुलाई केहि विशेष कुराहरुको बारेमा जानकारी गराउने छौँ ।

वर्षको अन्तिम चन्द्रग्रहण कहाँ र कुन समयमा देखिने हो, त्यो स्थान र समयक्षेत्रमा भर पर्छ । रिपोर्टका अनुसार नेपालमा चन्द्रग्रहणको समय दिउँसो ०१:०२ देखि ४:३२ सम्म रहेको छ। यो आंशिक चन्द्रग्रहणको अवधि करिब ३ घण्टा २९ मिनेटको हुनेछ ।

यस भन्द पहिले यस्तै लामो समय सन १४४० फेब्रुअरी १८ आमा लागेको थियो । अब भोलि बाहेक यसतै चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा देखिनेछ । पृथ्वीबाट चन्द्रमाको दुरी बढी भएका कारण आगामी चन्द्रग्रहणको अवधि लामो हुने खगोलविद्हरुको दाबी छ ।

नोभेम्बर १९ मा हुने चन्द्रग्रहण अमेरिका, उत्तरी युरोप, पूर्वी एसिया, अष्ट्रेलिया, अन्टार्कटिका र प्रशान्त महासागर जस्ता केही स्थानबाट मात्रै देखिने छ । आंशिक चन्द्रग्रहणका कारण यसका लागि नेपालमा सुतक अवधि मान्य हुने छैन ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहको सिजनमा शनिदेवको छाया, विवाह गर्नाले कस्तो असर पार्छ जान्नुहोस् !