विवाहको सिजनमा शनिदेवको छाया, विवाह गर्नाले कस्तो असर पार्छ जान्नुहोस् !

कसैको पनि जीवनमा शनिको नराम्रो नजर पर्न गयो भने राम्रो चलिरहेको जीवन केही समयमा नै वर्वाद हुन्छ । त्यसतै अहिले विवाहको सिजन सुरु हुँदै छ यस समयमा शनिको राम्रो प्रभाव पर्न गयो भने समय विशेष  हुन्छ ।

विवाहको सिजन २०२१ मा शनिको अशुभ दृष्टि धेरै खराब साबित हुन सक्छ। चतुर्मासको चार महिना सकिएपछि देवउठनी एकादशीबाट विवाहको शुभ मुहूर्त सुरु हुँदै छ तर यस अवधिमा शनिदेवले पनि अशुभ योग बनेको छ । यस्तो अवस्थामा शनिको यो अशुभ योगले यस अवधिमा विवाह गर्ने व्यक्तिको वैवाहिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठ्छ । यस्तो अवस्थामा शनिको यो अशुभ योगले यस अवधिमा विवाह गर्ने व्यक्तिको वैवाहिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठ्छ ।

ज्योतिषशास्त्रका अनुसार नोभेम्बर २०२१ मा २ महत्वपूर्ण ग्रहले राशि परिवर्तन गर्दैछन् । १६ नोभेम्बर २०२१ मा सूर्य वृश्चिक राशिमा प्रवेश गरेको छ र २० नोभेम्बर २०२१ मा बृहस्पतिले कुम्भ राशिमा प्रवेश गर्नेछ। १२ राशिका व्यक्तिहरू बाहेक विवाहमा पनि यसको प्रत्यक्ष प्रभाव पर्नेछ। ज्योतिष शास्त्रमा सबै ग्रहहरूमध्ये बृहस्पतिलाई सबैभन्दा शुभ ग्रह मानिन्छ।

अर्कोतर्फ वृश्चिक राशिमा सुर्यको प्रवेश भएको समयमा विवाह गर्नु शुभ मानिन्छ, भने ज्योतिष शास्त्रमा सूर्य र बृहस्पतिको संयोगलाई निकै शुभ मानिन्छ । यो संयोजनले विवाहको बाटो खोल्छ। नोभेम्बर-डिसेम्बरको बिचमा बन्ने यी शुभ संयोगले विवाहका लागि शुभ मात्रै नभई यस अवधिमा विवाह गर्ने हरुको दाम्पत्य जीवन सुखी र समृद्ध हुने गर्दछ । यस बाहेक सवार्थसिद्धि योगमा बृहस्पतिको राशि परिवर्तन हुने भएकाले यो परिवर्तन निकै शुभ हुनेछ । विवाहको लागि पनि शुभ रहनेछ।

अर्कोतर्फ वैवाहिक जीवनमा बाधा आइरहने हरुले अहिलेको समयमा विधि अनुसार भगवान विष्णु र लक्ष्मीको पूजा गरेमा उनीहरुको सम्बन्ध छिट्टै मधुरता आउने मान्यता रहेको छ । कुल मिलाएर, विवाहको यी सबै शुभ संयोजनले शनिको अशुभ योगलाई हटाउनेछ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बृहस्पति ग्रह कुम्भ राशिमा प्रवेश गर्दै, यी ६ राशिलाई हुनेछ नसोचेको लाभै-लाभ !