१२ औँ दिनसम्म सूर्यवंशीले गर्यो जबर्दस्त बक्सअफिस कलेक्सन : कमायो यति करोड

एजेन्सी : अक्षय कुमार र कट्रिना कैफको फिल्म ‘सूर्यवंशी’ रिलिज भएको दुई हप्ता भईसकेको छ। सप्ताहान्तमा फिल्मले शानदार कमाई गरेपछि १५० करोड भारतीय रुपैयाँको आँकडा पार गरेको छ। फिल्मको वास्तविक परीक्षा अहिले चलिरहेको छ। आगामी हप्तादेखि थुप्रै फिल्महरु रिलिज हुँदै छन्, जसले सूर्यवंशीको कमाईमा व्यापक असर पार्नेछ। सूर्यवंशीले आइतबार बम्पर कमाई गर्दै १३.३९ करोडको बिजनेस गरेको थियो र यससँगै आइतबारसम्म फिल्मले कुल १५१.२३ करोड कमाई गरेको थियो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोमबार फिल्मको कमाई ४.५० करोड भएको थियो। यसको मतलब फिल्मले ११ औँ दिनसम्म १५५.७३ करोडको बिजनेस गर्यो। फिल्मले १२ औँ दिनमा पनि लगभग ३-५ करोडको बिजनेस गरेको छ। सूर्यवंशी रिलिज भएको लगभग दुई हप्ता हुन् लागिसकेको छ, यस्तो अवस्थामा कमाईमा गिरावट आउनु सामान्य हो।

सूर्यवंशीको दोस्रो हप्ताको कलेक्सन हेर्ने हो भने अहिलेसम्म ४६ करोड कमाइ भएको छ। फिल्मबारे दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्। फिल्म ५ नोभेम्बरमा रिलिज भएको थियो। रोहित शेट्टीको यस फिल्मममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् भने अजय देवगन र रणवीर सिंह क्यामियो रोल निभाएका छन्।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा काम गर्न चाहन्छन् ‘द रक’, तर अहिलेसम्म…