एजेन्सी : हलिउड स्टार ड्वेन जोनसन(Dwayne Johnson) अहिले आफ्नो फिल्म ‘रेड नोटिस(Red Notice)’ को कारण चौतर्फी चर्चामा छन्। ‘द रक(The Rock)’ को नामले चिनिने ड्वेनको यो फिल्म हालै नेटफ्लिक्समा रिलिज भएको छ। यो फिल्मलाई दर्शकले खुब मन पराईरहेका छन्। हालै एक अन्तर्वार्तामा ड्वेनले बलिउड फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका हुन्।
ड्वेनका अनुसार अहिलेसम्म उनलाई बलिउड फिल्मबाट कुनै अफर आएको छैन तर भावी दिनमा अफर आए आफूले त्यसबारे सोच्ने बताए। उनले भने – ‘मनोरञ्जन जगतका दुई ठुला संस्कृति हलिउड र बलिउडबाट निक्लिन्छ। हामी अझ बढी क्रसओभर हुनु राम्रो हुनेछ र यसबारेमा म अवगत छु।’
ड्वेनले भारत जाने मन पनि गरेका छन्। उनले आफू प्रोफेसनल रेस्लिङ खेल्दा ताका भारत जाने योजना बनाएको तर केही कारणले गर्दा जान नपाएको पनि खुलाए। उनले भने – ‘मेरा साथी अन्डरटेकर र स्टिभ अस्टिनले भारत भ्रमणबाट फर्किएपछि मलाई पनि भारत जान सुझाव दिएका थिए।’