अहिलेको समयमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न किसिमको विवादका विषयहरु एक पछि अर्को गर्दै आउन लागेका छन्, त्यसतैमा केही दिन पहिले कार्यक्रम प्रस्तोता तथा पत्रकार प्रकाश सुवेदीले चर्चित हाँस्य कलाकार धुर्मुस सुन्तलीको अभिनयलाई ताइन तुइको भनेका छन् । अहिले पत्रकार सुवेदीको भनाइ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
चर्चाको साथै विवादमा रहने चर्चित शो ‘रजत पट’ कार्यक्रम प्रस्तोता प्रकाश सुबेदीको एक भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । लामो समय देखी कमेडी क्षेत्रमा सक्रिय हुँदै आएका दुई कलाकारको अभिनयलाई पत्रकार सुवेदीले ताइन तुइको अभिनय गरेको भनेका छ । गत बिहीबारको कार्यक्रम सुवेदीले यस्तो भनेका हुन् ।
उनले बलिउड फिल्मका अभिनेता रणवीर सिंहको अभिनयको बारेमा भन्दै गर्दा सुवेदीले सुवेदीले रणवीरको अभिनय नेपाली हाँस्य कलाकार धुर्मुस सुन्तली अर्थात कुमार कट्टेल र कुन्जना घिमिरेको अभिनय जस्तो भएको भनेका छन् । त्यसै क्रममा उनेल बलिउड फिल्म ‘सुर्यवंशी’ गला चाउरेका अभिनेताले दर्शक तानेको उदाहरण दिएका छन् । यति बेला पत्रकार प्रकाश सुवेदीको भनाइको कारण उनको निकै आलोचना भएको छ ।