बलिउड कपल विक्की कौशल र कट्रिना कैफले कहिले पनि आफ्नो सम्बन्धको पुष्टि गरेका छैनन् तर उनीहरुसँग सम्बन्धित कुराहरु फ्यानहरु सम्म पुग्छन् । विक्की र कट्रिना लामो समयदेखि विवाहको चर्चामा छन् । दुवैले डिसेम्बरमा विवाह गर्ने बताइएको छ ।
विक्की कौशल र कट्रिना कैफको विवाह राजस्थानमा हुने भएको छ । सवाई माधोपुर जिल्लाको एक आलिशान होटलमा दुवै जना एक साथ देखिने छन् । यस होटलको नाम सि-क्स सेन्स फो-र्ट होटल हो। आईएएनएसका अनुसार यो होटल ७ देखि १२ डिसेम्बरसम्म बुक गरिएको छ ।
विक्की र कट्रिनाले अहिलेसम्म यो खबर पुष्टि गरेका छैनन् । सि-क्स सेन्स फो-र्ट होटल एकदम विलासी छ। होटलको वेबसाइटका अनुसार यसको सबैभन्दा विलासी र महँगो भाग ‘राजा मान सिंह सुइट’ हो । यो सुइटको एक रातको भाडा ६४ हजारदेखि ९० हजार रुपैयाँसम्म पर्छ ।
यस सुइटमा गोलाकार पोखरी, टेरेस, बाहिरी नुहाउने ठाउँ, धेरै सुविधाहरू सहितको पेन्ट्री छ। विक्की र कट्रिनाको भिआइप विवाह सम्पन्न गर्न धेरै कार्यक्रमा विभिन्न कम्पनीहरूले मिलेर काम गर्नेछन्। विवाहको विभिन्न कार्यक्रम गर्न विभिन्न कम्पनीलाई हायर गरिएको छ ।
यी इभेन्ट कम्पनीका प्रतिनिधिले सवाई माधोपुरका विभिन्न होटलमा बासको खोजी गरिरहेको बताइएको छ । उता कट्रिना कैफ र विक्की कौशलको टिमले पनि बिहेको तयारी सुरु गरेको छ ।
विवाहको खबरको बीचमा कट्रिना कैफ पनि डान्सको अभ्यास गरिरहेको देखिएकी थिइन् । बिहीबार विक्की कौशललाई उनको विवाहको बारेमा मिडियाले प्रश्न गरेका थिए । यस विषयमा विक्की मौन रहे । सारा अली खान विक्कीको साथमा थिइन्, यो प्रश्न सुनेर हाँसे । यो बिवाह र सम्बन्धका बारेमा बलिउड सेलिब्रेटीहरुलाई पनि जानकारी रहेको विश्वास गरिन्छ ।