टिभीको सबैभन्दा विवादित रियालिटी शो बिग बोसको लोकप्रियता निकै छिटो घटेको छ । यद्यपि यो पहिलो पटक भने होइन । यसअघि पनि शोका धेरै सिजन आएका छन् जसमा दर्शकले खासै रमाइलो गरेका छैनन् । यस्तो अवस्थामा, निर्माताहरूले धेरै प्रकारका उपायहरू प्रयोग गरेर टीआ-रपी बढाउने प्रयास गरे। तर यस पटक शोले त्यस्तो केही गर्न सकेको छैन ।

राम्रो टीआ-रपीका लागी निर्माताहरूले यसको थिम परिवर्तन गरे, करोडौँ रुपैयाँ पानी झैँ बगाए, शोमा इन्टिमेट सीन र जबरदस्त एक्सन थपियो तर यसका बाबजुद पनि शोले अपेक्षा गरेजस्तो अद्भूत प्रदर्शन गर्न सकेको छैन । चाखलाग्दो कुरा के छ भने सुपरस्टार सलमान खान पनि यस शोमा खास केही देखाउन सक्षम भएका छैनन् ।
टीआ-रपी लिस्टको कुरा गर्दा यो शो टप ८ मा पनि आफ्नो स्थान बनाउन सकेको छैन । वेबसाइट बलिउड लाइफको रिपोर्ट अनुसार शोको टीआ-रपी एकदमै घटेको छ र अब निर्माताहरूले यसलाई सन २०२२ नलाग्दै पहिले नै समाप्त गर्ने योजना बनाएका छन्। वास्तवमा तेस्रो हप्तापछि शोको टीआरपी रिपोर्ट आएको छ। त्यसपछि शोका निर्माताहरु शो बन्द गर्ने विचारमा पुगेका छन् ।

शोमा अतुलनीय रकम खर्च भएको छ र यदि सेटअपदेखि सलमान खानको शुल्कसम्म सबै जोडिएमा खर्च करिब ५०० करोड भारु हुन्छ । शोका प्रतियोगीलाई थप मसालेदार कन्टेन्ट दिन दबाब पनि छ, तर केही काम नहुँदा निर्माता पनि शो बन्द गर्न बाध्य देखिन्छन् ।
