कोरोना महामारी कम भएसँगै नेपाली चलचित्र क्षेत्र तथा चलचित्र कर्मी साथै चलचित्रको सामाजिक सञ्जालमा चर्चा हुन् थालेको छ । यति बेला जितु नेपाल ( मुन्द्रे) लाई छक्का पञ्जा टिमबाट निकालियो या जितु आफै निस्केका हुन् भन्ने विषयमा सामाजिक सञ्जालमा चर्चा बढेको छ ।
पछिल्लो समयमा दिएको अन्तरवार्तमा जितुले भनेका छन् । ‘म दीपक दीपा दाइ र दिदीको टिमबाट निस्किएको हैन ।’ भनेका छन् साथै पछिल्लो दिनहरु सँगै काम गर्न सकिने पनि बताएका छन् । साथै जितु आफैले सञ्चालन गर्दै आएको चर्चित हाँस्य शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको कारण आफ्नै समस्या अल्झिएका छन् ।

यस्तो अवस्थामा केही दिन पहिले सार्वजनिक भएको ‘छक्का पञ्जा ४’ ट्रेलरमा जितु देखिएका छैनन् । यस भन्दा अघि दीपक दीपाले निर्माण गरेका फिल्ममा देखिदै आएका जितु अहिले ‘छक्का पञ्जा ४’ ट्रेलरमा देखिएका छैनन् । केही समय पहिले महानायक विवाद पछि दीपा ‘मुन्द्रेको कमेडी क्लब’ बाट बाहिरिएकी थिइन् ।

त्यस समय यता नै जितु नेपाल र दीपक दीपाको व्यक्तिगत तथा व्यवसाहिक सम्बन्ध बिग्रिएको अनुमान लगाउन सकिन्छ । यस भन्दा पहिले पनि छक्का पञ्जा टिमले ल्याएको होलीको गीतमा जितु देखिएका थिएनन् । सामाजिक रुपमा नै जितुले उनी एक्लिएको छैन । तर पछिल्लो समयमा छक्का पञ्जाको विभिन्न प्रस्तुतिमा जितु नदेखिएको कारण उनी एक्लिएको हो की भन्ने अनुमान लगाउन सकिन्छ ।
