पछिल्लो समयमा विवादमा रहेकी दीपाले मनाइन् छठ, सार्वजनिक गरिन् यस्ता तस्बिर!

नेपाली कलाकार तथा फिल्म निर्देशक दीपाश्री निरौलाले छठ पूजा गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बुधबार विराटनगर पुगेर कलाकार तथा फिल्म निर्देशक दीपाले छठ पूजा गरेकी छिन् । उनले छठ पूजा गरेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

तस्बिरमा दीप अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा गरेकी छिन् । तस्बिर उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भइरहेको छ ।

यस भन्दा अघिल्ला वर्षहरुमा पनि विराटनगरमा छठ मनाउने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको आगमन भएको महसुस हुने बताएकी छिन् । सामाजिक सञ्जाल मार्फत दीपाले छठमा व्रत बस्ने व्रतालुहरुसँग आर्शिवाद पनि लिएकी छन् । व्रतालुबाट प्राप्त गरेको आर्शिवाद उनलाई भगवानको आर्शिवादझैँ लाग्ने बताएकी छिन् ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै बजारमा नेपाली फिल्मले लगानी उठाउन नसक्दा, बलिउड फिल्मले हप्तामा कमायो ३ करोड !