आफ्नै बजारमा नेपाली फिल्मले लगानी उठाउन नसक्दा, बलिउड फिल्मले हप्तामा कमायो ३ करोड !

अहिलेको समयमा नेपाली हलहरुमा नेपाली दूई फिल्म ‘डाँडाको बार पिपल’ र ‘धूम ४’ लागी रहेका छन् । ती फिल्म दर्शकको आगमनमा बसेका छन् भने यही समय बलिउड फिल्म ‘सूर्यवंशी’ यही कार्तिक १८ गतेबाट नेपालका विभिन्न हलहरुमा लागेको छ ।

अहिलेको समयमा नेपाली फिल्मका निर्देशक दर्शक हलमा फिल्म हेर्न नआएर तनावमा छन् भने अर्को तर्फ बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्नेको भिड लागेको छ । भारतीय फिल्म ‘सूर्यवंशी’ बुधबार नै सय करोड कलेक्सन गरेको खबर आउँदा नेपाली फिल्मका निर्देशकलाई फिल्मको लगानी उठाउन मुस्किल भएको छ ।

५० लाखमा बनेको नेपाली फिल्मलाई आफ्नो बजारमा लगानी उठाउन मुस्किल भएको समयमा भारतीय सञ्चार मध्यम अनुसार बलिउड फिल्मले नेपाली फिल्म बजारबाट झन्डै एक हप्तामा ३ करोडको व्यापार गरेको छ । यस फिल्ममा अक्षय कुमार, अजय देवगन, कट्रिना कैफ र रणवीर सिंहको मुख्य भूमिका रहेको छ ।

केही समय यता नेपालका विभिन्न कलाकार तथा अभिनेता, अभिनेत्रीले समेत बलिउड फिल्म ‘सूर्यवंशी’ हरेका छन् भने केहीले सामाजिक सञ्जालमा बलिउड फिल्मको प्रचार सामेत गरेका छन् ।

 

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पल र पूजाको बहुप्रतीक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ यस दिनबाट रिलिज हुँदै!