अभिनेता सुशांत सिंह राजपूतको निधन भएको १ वर्ष भईसकेको छ। तर अहिलेसम्म यो केस सुल्झिएको छैन। यधपी सुशांत केसको जाँच बीच ड्रग्स मामिलामा जेल पुगिसकेकी अभिनेत्री रिया चक्रवर्तीलाई एक वर्षपछि राहत मिलेको छ। एनडीपीएस कोर्टले रिया चक्रवर्तीको बैंक अकाउंटलाई डीफ्रीज गर्ने फैसला लिएकी छन्।
वास्तवमा रिया चक्रवर्तीले केसको सुनवाईमा कोर्टमा आफ्नो बैंक अकाउंटको प्रयोग र जफत गरिएको मोबाइल फोन र ल्यापटप फिर्ताको माग गरेकी थिइन्। अघिल्लो वर्षदेखि उनको अकाउन्ट फ्रिज थियो। हालैको रिपोर्ट अनुसार कोर्टले रियाको बैंक अकाउंट्सलाई डी -फ्रीज र उनको ल्यापटप र मोबाइल फोन फिर्ता गरिने माग स्वीकार गरेको छ। रियालाई कोर्टले जरुरी पर्दा आफ्नो बैंक डीटेल्स शेयर गर्नुपर्ने शर्त राखेका छन्।
रियाको आफ्नो भाई शौविकले यही बैंक अकाउंट्सबाट खर्च गर्ने हुनाले फ्रीज गरिएको थियो। सुशांत सिंह राजपूतको निधनपछि ड्रग्स ऐंगल बाहिरिएपछि एनसीबीले रिया चक्रवर्ती र उनको भाई शौविक सहित थुप्रै मान्छेलाई गिराफ्तार गरेको थियो।