लामो समय देखि सामाजिक सञ्जालमा नदेखिएका हाँस्य कलाकार निर्मल शर्मा (गैँडा) अब दीपक दीपाले निर्माण गर्न लागेको फिल्म ‘छक्का पञ्जा ४’ मा देखिने भएका छन् । केही दिन पहीले सार्वजनिक भएको छक्का पञ्जाको ट्रेलरमा निर्मल शर्मालाई देखिएको थियो । निर्माल शर्मा र दीपक दीपाको पुरानो सम्बन्ध रहेको छ ।
दीपक दीपाको साथमा निर्मल शर्मा ‘तितो सत्य’ देखि नै साथमा कम गर्दै आएका थिए साथै निर्मल शर्माको चर्चित उपनाम (गैँडा) हाँस्य टेलीशृंखला तितो सत्यबाट नै पाएका थिए । केही वर्ष पहिलेसम्म छ एकान ६, वडा नम्बर छ हुँदै छक्का पञ्जाको पहिलो सिरिज सम्म देखिका थिए । भने त्यस यता निर्मल शर्मालाई कुनै पनि सामाजिक सञ्जालमा देखिएको थिएन ।
त्यसै केही पहिले सार्वजनिक भएको ‘छक्का पञ्जा ४’ को ट्रेलरमा जितु नेपाल भने देखिएका छैनन् । अहिले सम्म छक्का पञ्जा टिमले निर्माण गर्दै आएको फिल्महरुमा देखिँदै आएका जितु नेपाल (मुन्द्रे) छक्का पञ्जाको ४ औँ सिरिजमा भने देखिएका छैनन् । मुन्द्रेले एक पत्रकार सम्मेलन कार्यक्रममा उनी छक्का पञ्जा ४ मा नरहेको बताएका छन् ।
अहिले खास कुरा के छ भने जितु नेपाल छक्का पञ्जा टिमबाट बाहिरिएका छन् । भने अर्का हाँस्य कलाकार निर्मल शर्मा (गैँडा)को आगमन भएको छ । त्यसतै पछिल्लो समयमा जितु नेपाल मिन्द्रेको कमेडी क्लब बन्द भएको कारण चर्चामा छन् ।