बलिउड अभिनेता राजकुमार राव पत्रलेखासँग आज चण्डीगढमा बिहे गर्दै

बी-टाउन इंडस्ट्रीमा विवाहको सीजन चलिरहेको छ। बलिउडका कैयौँ चर्चित जोडी राजकुमार–पत्रलेखाको बिहे आज हुँदैछ। यसअघि दुवैको विवाहको बारेमा चर्चा भएको थियो। उनीहरुको पिंक सिटी अर्थात जयपुरमा विवाहका सबै संस्कार पूरा गर्ने भएको थियो । अहिले उनीहरुको विवाहको स्थान परिवर्तन भएको छ ।

रिपोर्ट अनुसार यी जोडी विवाहका लागि अघिल्लो दिन चण्डीगढमा  गएका थिए । दुवैले चण्डीगढबाटै विवाह गर्ने पक्का भएको छ, यद्यपि राजकुमार र पत्रलेखाले यसबारे कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

एक अंग्रेजी वेबसाइटको रिपोर्ट अनुसार यी जोडीसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै राजकुमार रावले चण्डीगढमा प्रेमिका पत्रलेखासँग विवाह गर्ने खुलासा गरेको छ। स्रोतले राजकुमार राव र पत्रलेखाले अन्तरंग समारोहमा विवाह गर्न लागेका हुन् । उनले चलचित्रक थोरै मान्छेलाई निम्तो दिएका छन् । यो जोडी यही नोभेम्बर १०, ११ र १२ गते विवाह बन्धनमा बाँधिदैछ ।

 

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायक राजेश हमाल श्रीमतीको साथमा दुबई पुगेर देखिए यस्तो अवस्थामा, तस्बिर सहित!