निकै भावुक हुन्छन् यी ३ राशिका मानिस, निकै सफा हुन्छ यिनीहरुको मन

भनिन्छ दुखी हुने वा आँसु बगाउने मानिसलाई कमजोर मानिन्छ तर यस्ता ३ राशिहरु छन् ती मानिसहरु धेरै भावुक भएर पनि हरेक समस्यालाई साहसका साथ सामना गर्छन् ।

कोही मानिसहरू छन् जो सानो कुरामा रुन्छन। यिनीहरु निकै भावुक स्वभावका हुन्छन् र उनीहरुको मनोवृत्ति हेर्दा उनीहरुलाई कठिनाइसँग जुध्न बनाइएको होइन भन्ने लाग्छ । यिनीहरुलाई देख्दा लाग्नेछ कि यिनीहरु अरुबाट सहानुभूति प्राप्त गर्नको लागी यस्तो गर्दै छन् ।

ज्योतिष शास्त्रमा यस्ता ३ राशिको बारेमा बताइएको छ । यी राशि भएका मानिसहरु निकै भावुक हुन्छन् र उनीहरुको कुनै पनि कुरामा आँखा रसाउन समय लाग्दैन । तर वास्तवमा यस्ता मानिसहरु धेरै सफा मनका र साहसी हुन्छन् । आउनुहोस् जानौं ती कुन राशिका व्यक्तिहरू भावुक हुन्छन्।

सिंह राशि

प्राय:सिंह राशि भएका मानिसको स्वभाव घमण्डी अहंकारी स्वभावका हुन्छन् । तर तिनीहरू भित्र लुकेको स्वच्छ हृदयलाई नजिकका मानिसहरूले मात्र चिन्न सक्छन्। यस्ता मानिसहरु धेरै भावुक र सफा मनका हुन्छन् । उनीहरुको सहि कुरामा उचित ध्यान नदिने हो भने उनीहरु दुखी हुन्छन् । उनीहरु आफ्नो प्रेमी वा जीवन साथीको बारेमा पनि धेरै भावुक हुन्छन् ।

कुम्भ राशि

कुम्भ राशिका मानिसहरु पनि धेरै कोमल मनका र भावुक हुन्छन्। यी मानिसहरूको विश्वास जित्न धेरै सजिलो छ किनभने तिनीहरू सजिलैसँग मानिसहरूलाई विश्वास गर्छन्। सामान्यतया, तिनीहरू सबैको अगाडि आफ्नो दुःख व्यक्त गर्दैनन् र एकान्तमा रुन रुचाउँछन्।

मीन राशि

मीन राशिका व्यक्तिहरूले आफूलाई जतिसुकै कडा र बलियो देखाउने प्रयास गरे पनि तिनीहरू भित्रबाट धेरै कोमल हृदयका हुन्छन्। सानातिना कुराले पनि दुःखी बनाउँछ तर ठूला-ठूला दुःखलाई हाँसेर सहन्छ। यी व्यक्तिहरू आफ्ना भावनाहरू लुकाउनमा उत्कृष्ट हुन्छन्। यिनीहरुको मनको नजिक पुग्न सक्ने धेरै कम मान्छे हुन्छन्, जसलाई उसले आफ्नो मनको कुरा गर्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कार्तिक पूर्णिमा यस वर्षको अन्तिम चन्द्र ग्रहण लाग्दै, पर्नेछ यस्तो प्रभाव !