कार्तिक पूर्णिमा यस वर्षको अन्तिम चन्द्र ग्रहण लाग्दै, पर्नेछ यस्तो प्रभाव !

यस वर्षको दोस्रो र अन्तिम चन्द्रग्रहण  कार्तिक पूर्णिमा १९ नोभेम्बर २०२१ मा लाग्दैछ। यो ग्रहण वृष राशिमा लाग्दैछ ।

यस वर्षको अन्तिम चन्द्रग्रहण लाग्न केही दिन मात्रै बाँकी छ । यस अघि मे महिनामा चन्द्रग्रहण लागेको थियो । योसँगै नोभेम्बर १९ मा वर्षको दोस्रो र अन्तिम चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण कार्तिक पूर्णिमा लाग्ने भएको छ । कार्तिक पूर्णिमालाई धर्म र ज्योतिषमा निकै महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा यो ग्रहणले सबै मानिसहरूमा महत्त्वपूर्ण प्रभाव पार्नेछ। तर, आंशिक चन्द्रग्रहणका कारण नेपालमा अधिकांश भागमा भने देखिने छैन ।

चन्द्रग्रहण लाग्ने समय 

नोभेम्बर १९ मा लाग्ने चन्द्रग्रहण यस वर्षको अन्तिम चन्द्रग्रहण हुनेछ। नेपाली समय अनुसार १९ नोभम्बरको बिहान ११ बजेर ४९ मिनेटमा चन्द्रग्रहण सुरु हुनेछ। यो ग्रहण साँझ ५ः४८ बजेसम्म रहनेछ।

नेपालमा सूतककाल मान्य हुनेछैन 

नेपालमा चन्द्रग्रहण नहुने भएकाले यसको सुतक अवधि मान्य हुने छैन। ग्रहणको समयमा सुतक कालको विशेष महत्व रहेको छ। सुतक अवधिमा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ। सुतकमा पूजा र भोजन निषेध गरिएको छ। सुतकमा भगवानको स्मरण र मन्त्र जप निरन्तर गर्नुपर्छ। ग्रहणको समयमा गर्भवती महिलाले विशेष ख्याल गर्नुपर्छ। सन् २०२१ को पहिलो चन्द्रग्रहण २६ मे २०२१ मा भएको थियो। शास्त्रका अनुसार ग्रहण पूरा भएपछि यसको प्रभाव बढी हुन्छ। पूर्ण चन्द्रग्रहण हुँदा मात्र सुतकको नियम पालना गर्नु उचित हुन्छ। तर छायाँ ग्रहण लागेमा सुतकको नियम धेरै पालना हुँदैन।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै पनि स्थानमा भाग्यले साथ नदिएर चिन्तित हुनुहुन्छ? अपनाउनुहोस् यस्ता सरल उपाय !