अभिनेत्री संगीता बिजलानीको जन्म ९ जुलाई १९६० मा मुम्बईको एक सिन्धी परिवारमा भएको थियो र बलिउड जगतमा फिल्मसँगै आफ्नो व्यक्तिगत जीवनका लागि पनि निकै चर्चित थिइन् । संगीता बिजलानीले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन्, त्यतिबेला उनी १६ वर्षकी मात्र थिइन् ।
सन् १९८० मा उनले मिस इन्डियाको उपाधि जितेकी थिइन् । त्यतिबेला संगीता बिजलानी २१ वर्षकी थिइन् र मिस इन्डियाको उपाधि जितेर ठूलो उपलब्धि हासिल गरेपछि उनको बलिउडमा करियर बनाउने बाटो पनि खुल्यो र करिब ७ वर्षपछि उनले बलिउडमा काम गर्न थालिन् । संगीता बिजलानीले सन १९८८ मा बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन्, उनले पहिलो फिल्म ‘कातिल’ मा काम गरेकी थिइन् र फिल्मकै क्रममा उनको सलमान खानसँग भेट भयो र दुबै कलाकार फिल्म उद्योगमा नयाँ भएकाले एक अर्काको नजिक भएका थिए ।
पहिलो फिल्मबाट एक अर्काको प्रेम सम्बन्धमा परेका यी दिईको प्रेम सम्बन्ध करिब १० वर्ष सम्म चलेको थियो । र त्यस समय यी दुई विवाह गर्ने निर्णयमा सामेत पुगेका थिए । विवाहको लगभग तयारी भइसकेको थियो तर विवाह भने हुन सकेन । पछी सलमान आफैले पनि एक अन्तर्वार्तामा भनेका थिए । उनको विवाको तयारी भइसकेको थियो । तर अन्तमा केही कारणले गर्दा विवाह टुटेको थियो ।
त्यस समयमा सलमान र सोमी अलिको सम्बन्ध छुट्नुको कारण अभिनेत्री सोमी अलिलाई दिएको थियो । त्यस समयमा सोमी अलि र सलमान एक अर्काको नजिक भएका थिए । जब यो खबर संगीता बिजलानीसम्म पुगेको थियो । उनले सलमानसँगको सम्बन्ध तोडेकी थिइन् । त्यसपछि संगीता बिजलानीले सन् १९९६ मा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद अजहरुद्दिनसँग विवाह गरेकी थिइन् ।