आलिया कश्यप आफ्नो पर्सनल लाइफलाई लिएर एकदमै ओपन छिन् र उनले आफ्नो विदेशी प्रेमीलाई घरमा आफ्ना बुबासँग धेरै पटक परिचय गराएकी छिन्।
बलिउडका दिग्गज फिल्ममेकर अनुराग कश्यपकी छोरी आलिया कश्यप सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्नै युट्युब च्यानल चलाउँछिन् र इन्स्टाग्राम मार्फत फ्यानहरूसँग जोडी रहन्छिन्। पछिल्लो समय अभिनेत्रीका केही तस्बिरहरु इन्टरनेटमा भाइरल भइरहेका छन् । यी तस्बिरहरू आलियाले नै आफ्नो सामाजिक सञ्जाल खातामा सेयर गरेकी छिन् ।
फोटोमा आलिया कश्यप आफ्नो प्रेमीसँग तौलिया गाउनमा देखिएकी छिन् । उनी आफ्नो विदेशी प्रेमीसँग होटलको कोठामा ओछ्यानमा बसेकी छिन् र दुवैले एक अर्कालाई किस गरिरहेका छन् । दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । दुवै एकदमै रोमान्टिक स्टाइलमा एक अर्कासँग कोजी भएको देखिएका छन् ।
त्यसै पनि आलिया कश्यप आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै खुलस्त छिन् र आफ्नो विदेशी प्रेमीलाई घरमा धेरै पटक आफ्नो बुबासँग परिचय गराएकी छिन्। प्रेमी शेन ग्रेगायरको साथमा देखिएको आलियाको तस्बिरहरुले यी दुई एकअर्कासँग कति नजिक छन् भनेर बताउँछ। यी तस्बिरहरू राजस्थानको बिकानेरस्थित नरेन्द्र भवन होटलको हो । जसलाई आलियाले पोस्ट गरेकी छिन् ।
View this post on Instagram
आलिया कश्यप अमेरिकाको लस एन्जलसमा अध्ययन गर्छिन् । उनी लाइफस्टाइल भ्लगर हुन् र उनको प्रेमी शेन अमेरिकाका हुन्। आलिया कश्यप मुम्बई आउँदा परिवारसँग समय बिताउन रुचाउँछिन् । उनले आफ्नो ब्वायफ्रेन्डलाई मुम्बईको यात्रा पनि गराएकी छिन् र उनले उनीसँग छुट्टै भिडियो पनि सेयर गरेका छन् ।