‘टिप-टिप बरसा पानी’ मा कट्रिनाले लगाएको सिल्भर सारी पर्छ धेरै महँगो, कसले गरेका हुन् डिजाइन

एजेन्सी : फिल्म ‘सूर्यवंशी’ ले अहिले बक्स अफिसमा रेकर्ड्स ब्रेक गरिरहेको छ। यसको साथै फिल्ममा कट्रिना कैफको नृत्य रहेको गीत ‘टिप- टिप बरसा पानी’ ले  पनि मानिसहरुलाई ध्यानाकर्षित गरेको छ।

गीतमा कट्रिनाको का:_(मु)*_-क भावभंगी र उत्कृष्ट नृत्य कला देख्न सकिन्छ। यस गीतमा कट्रिनाले सिल्भर रङ्गको सिक्वेन्स सारी लगाएकी छिन्।

कट्रिनाको यो सिक्वेन्स सारी चर्चित सेलिब्रेटी डिजाइनर मनीष मल्होत्राको वार्डरोब कलेक्सनबाट छनोट गरिएको हो। गीत रिलिज भएको पहिलो दिन नै गीत ट्रेडिङ चार्टको शीर्ष स्थानमा पुगेको थियो।

कट्रिनाको सारीले फेशन लभर्सको ध्यान खिचेको छ। उनले यस सिल्भर सारीलाई सिल्भर ब्लाउज र नुडल स्ट्रापसँग पेयर गरेकी छिन्।

‘टिप- टिप बरसा पानी’ गीतलाई उदित नारायण झा र अल्का याग्निकले आवाज दिएका छन्। उदित र अल्काले फिल्मको ओरिजिनल गीत पनि गाएका थिए।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूनम पाण्डेको अर्को काण्ड : पक्राउ परे उनका पति साम बम्बे