पूनम पाण्डेको अर्को काण्ड : पक्राउ परे उनका पति साम बम्बे

एजेन्सी : चर्चित भारतीय अभिनेत्री पूनम पाण्डेले फेरी अर्को काण्ड मच्चाएकी छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म अभिनेत्री पूनम पाण्डे र उनका पति साम बम्बे एक पटक फेरी पनि आपसी झगडाको कारण चर्चामा आएका छन्। खबर अनुसार पूनमलाई अस्पताल भर्ना गरिएको छ र प्रहरीले सामलाई पक्राउ गरेको छ।

पूनम पाण्डेले आफ्नो पति सामलाई मा-:_(र-पिटको आरोप लगाएकी छिन्। मुम्बई प्रहरीले सामलाई ८ नोभेम्बरमा पक्राउ गरी अदालत पेश गरेको छ। अदालतले सामलाई ३ दिनको लागि हिरासतमा राख्न आदेश दिएको छ।

पूनमले उजुरीमा सामसँग पहिलो पत्नी अलवीराबारे बहस हुँदा सामले आफूलाई पिटेको बताएकी छिन्। पूनमको अनुहारमा चोटको स्पष्ट निशाना रहेको बताईएको छ। अभिनेत्री पूनम अस्पतालमा भर्ती छिन्।

पूनम पाण्डे पछिल्लो २ वर्षसम्म ब्वायफ्रेन्ड सामसँग लिभ इन रिलेशनशिपमा बसेपछि गत वर्ष १० डिसेम्बरमा गुपचुप वैवाहिक बन्धनमा बाँधिएकी हुन्। त्यसपछि दुवैजना गोवा गएका थिए। यहीँबीच आपसी झगडा हुँदा पूनमले गोवामा आफ्नो पति विरुद्द एफआईआर दर्ज गराएकी थिईन्।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८०९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड स्टारलाई चिन्नु भयो? बाल्यकालमा प्यारो देखिने यी बालकले अहिले बलिउडमा राज गरेका छन् !