बलिउड अभिनेत्री भूमि पेडनेकर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनका तस्बिर फ्यानसँग शेयर गरिरहेकी छिन् । हालै उनले बो-ल्ड अवतारमा आफ्ना नयाँ तस्बिर शेयर गरेकी छिन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
यी तस्विरहरूमा भूमी निकै बो-ल्ड र सुन्दर स्टाइलमा देखिएकी छिन् । उनले सुनौलो रङ्गको मोनोकिनी र श्रग लगाएका छिन् जसमा उनलाई एकदमै राम्री देखिनुको साथै निकै सुहाएको छ ।
भूमीले हेवी ज्वेलरी र इयर रिङ्ग्सको साथ लुकलाई पुरा गरेकी छिन् । खुल्ला कपालमा आफ्नो उनलाई झनै सुन्दर देखिएको छ ।
कियारा आडवाणीलगायत सबै दिग्गज अभिनेत्रीले भूमिको तस्बिरलाई लाइक र सेयर गरेका छन् । केही घण्टामै तस्बिरमा धेरै लाइकहरू आएको छ।
फि-जिकको कुरा गर्ने हो भने भूमी पेडनेकरले फिल्मका लागी आफूलाई धेरै पटक परिवर्तन गरिसकेकी छिन् । ‘दम लगा के हैशा’का लागी उनले आफ्नो तौल धरै नै बढाएकी थिइन् ।
तर, त्यसपछि उनी निकै छिटो तौल घटाएर चर्चामा आएकी छिन् । अहिलेको वर्कफ्रन्टको कुरा गर्ने हो भने, भूमी छिट्टै फिल्म ‘बधाइ दो’ मा काम गर्दैछिन् ।
सन २०१५ मा ‘दम लगा के हैशा’ बाट करियर सुरु गरेकी भूमीले आफ्नो करियरको ग्राफमा तिब्र रुपमा उकालो लागेको देखेकी छिन् ।