जब प्रभासले अनुष्काको हुनै आँटेको बिहे रोके, कारण छ खास

एजेन्सी : दक्षिण भारतीय चलचित्र अभिनेत्री अनुष्का शेट्टीले गत ७ नोभेम्बर आफ्नो ४० औं जन्मदिन मनाइन्। अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो तर चलचित्र मञ्चमा उनी अनुष्का शेट्टी नामबाट चर्चित छिन्। उनले सन् २००५ मा फिल्म ‘सुपर’ बाट चलचित्र क्षेत्रमा कदम राखेकी थिईन्। अनुष्का शेट्टीले एसएस राजामौलीको फिल्म बाहुबली सिरिजमा देवसेनाको भूमिका निभाएर सबैको दिल जितेकी थिईन्।

अनुष्का शेट्टी र प्रभासको अफेयरको खबर प्राय: सञ्चारमाध्यमहरुमा सार्वजनिक भईरहन्छन्। यद्यपि दुवैले कहिल्यै आफ्नो सम्बन्धलाई खुलेर स्वीकार गरेनन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक पटक प्रभासले अनुष्का शेट्टीको विवाह रोक्ने कोसिस पनि गरेका थिए। बाहुबलीको शूटिङ बीच अनुष्काको विवाह हुने लगभग पक्का भईसकेको थियो तर प्रभासले उक्त विवाह रोकेका थिए।

खासमा प्रभासले बाहुबली फिल्मको लागि तीन वर्षसम्म कुनै अरु फिल्म साइन गरेका थिएनन्। उनले यस फिल्मको लागि आफ्नो अभिनय कौशलता निखार्न निकै मेहनत गरेका थिए। प्रभास अनुष्का पनि यस प्रोजेक्टममा गम्भीर भएर लागुन् भन्ने चाहन्थे। यसैबीच अनुष्काको बिहेको कुरा चल्यो। तर प्रभासले अनुष्काको विवाह हुन् दिएनन्। प्रभासका अनुसार यदि अनुष्काको बिहे भएमा उनले बाहुबली फिल्ममा पूरा ध्यान दिन सक्दैनन्।

फिल्ममा दुवैको केमेस्ट्रीलाई अत्यन्तै मन पराईको थियो। साथै बलिउड नगरीमा प्रभास र अनुष्का एक-अर्कालाई असाध्यै मन पराउने र छिट्टै वैवाहिक बन्धनमा बाँधिन लागेको जस्ता गाईगुई हल्ला पनि चलेको थियो। यद्यपि थुप्रै कार्यक्रमहरुमा यी दुईले आफूहरु एक राम्रो साथी भएको भन्दै यस्ता खबरको खण्डन गर्छन्।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रदर्शनमा आएको ४ औ दिनमा पनि बलिउड फिल्म ‘सुर्यवंशी’ हेर्नेको भिड, नेपाली फिल्म ‘धूम ४’ ले पाएन दर्शक !