अहिलेको समयमा नेपाली चलचित्र क्षेत्रमा भारतीय फिल्मको हाबी भएको छ । केही दिनबाट नेपाली हलहरुमा बलिउड फिल्म ‘सुर्यवंशी’ लागिरहेको छ। त्यस्तै केही समय पहिले देखि नेपाली दुई चलचित्र पनि हालहरुमा लागेका छन् । विशेष गरेर यति बेला हलहरुमा नेपाली फिल्म हेर्ने भन्दा पनि हिन्दी फिल्म हेर्ने दर्शकको भिड लागेको छ ।
केही समय पहिलेबाट हलहरुमा लागेको फिल्म ‘डाँडाको बारा पिपल’ र जयकिसन बस्नेतले निर्माण गरेको फिल्म ‘धूम ४’ नराम्रो सँग धक्का खाएको छ । ‘धूम ४’ कार्तिक १८ गते लक्ष्मी पूजाको दिनबाट रिलिज भएको थियो । बलिउड फिल्म ‘सुर्यवंशी’ रिलिज भएको आज ४ औ दिनमा पनि हल हरुमा फिल्म हेर्न दर्शकको भिड देखिन्छ भने नेपाली फिल्म हेर्ने दर्शक नगन्य मात्रमा रहेका छन् ।
त्यसतै फिल्म ‘डाँडाको बर पिपल’ का निर्देशक निर्देशक शोभित बस्नेतले भने एक अन्तर्वार्तामा हलमा फिल्म हेर्नको लागी दर्शक नआए पनि फिल्म दर्शक माजमा पुर्याउने मध्यम हल मात्र नभएको बताएका छन् । अहिलेको समयमा हेर्ने हो भने भारितिय फिल्म ‘सुर्यवंशी’ को तुलनामा नेपाली दुई फिल्म ‘डाँडाको बर पिपल र धूम ४’ ले नराम्रो सँग धक्का खाएका छन् । अहिले हलमा फिल्म हेर्न आएका दर्शकको आधारमा भन्ने हो भने यी दुई फिल्मले आफ्नो लगानी उठाउन पनि मुस्किल देखिन्छ ।