८ देखि १० करोडको लगानीमा यस्तो बन्ने भयो राजेश, पल र अनुप अभिनीत फिल्म ‘सत्यम’ हेर्नुहोस् !

यति बेला नेपाको सबै भन्दा महँगोमा बन्ने भएको छ फिल्म ‘सत्यम’ यस फिल्ममा महानायक राजेश हमाल पल शाह अनुप विक्रम शाही मल्लिका महत, कविता नेपाली, मिलम सिजापति, शुसिल पोख्रेल, रक्षा थापा र अभय बराल जस्ता फिल्म क्षेत्रका मुख्य कलाकारको अभिनय रहेको छ । यति बेला फिल्मको तयारीको लागी पोखराको नौ डाँडामा वो-र्क-शप भइरहेको छ ।


नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता तथा महानायक राजेश हमाल यति बेला करिब पाँच वर्ष पछि फिल्म क्षेत्रमा फर्कंदै छन् । निर्माण हुन लागेको फिल्म ‘सत्यम्’ बाट लामो समयको अन्तराल पछि अभिनेता फिल्म क्षेत्रमा आउन लागेका हुन् ।

अहिलेको समयमा महानायक राजेश हमालको फिल्म क्षेत्रमा लामो समय पछिको क-म्ब्याक निकै महत्त्वोपूर्ण हुने छ । किनकि दर्शक तथा राजेश हमालको फ्यानले लामो समय पछि उनलाई फिल्ममा देख्न लागेका हुन् ।

त्यसै पनि महानायकको विषयमा भएको विवादमा उनलाई लामो समय देखी फिल्म क्षेत्रमा नदेखिएको कारण केही दर्शक तथा नेपाली फिल्म क्षेत्रको केही निर्देशक तथा अभिनेताले विभिन्न आरोप लगाउँदै आएका छन् ।

यस्तै अब बन्न लागेको फिल्म ‘सत्यम’ निर्माणको लागी ८ देखी १० करोड लाग्ने बताएको छ । यो रकम भनेको नेपाली चलचित्र क्षेत्रमा फिल्म निर्माणको लागी अहिले सम्मकै सबैभन्दा बढी रकम हो ।

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दीपिकाकी आमाले उनलाई सिकाएका यी कुरा, हरेक आमाले छोरीलाई सफल बनाउन सिकाउनुपर्छ यी कुरा