एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण सबैभन्दा अनुशासित अभिनेत्री मध्ये एक हुन्। सेटमा टाइममा पुग्ने देखि लिएर आफ्नो प्रतिबद्धता पूरा गर्नुका साथै घरको जिम्मेवारीलाई पनि दीपिका कुशलतापूर्वक निभाउँछिन्। अभिनेत्रीको व्यक्तित्वको यी विशेषताले उनलाई अरु युवतीहरुका लागि प्रेरणाको श्रोत बनाउँछ। अहिले पनि दीपिका आफू यस्तो हुनुमा आफ्नो आमाको पालनपोषणलाई जिम्मेवार मान्छिन्।
बाल्यकालदेखि नै दीपिकालाई उनकी आमा उज्जवला पादुकोणले यस्ता कुरा सिकाईन् जसले अभिनेत्रीको करियर र व्यक्तिगत जीवनसँग जोडिएका उतारचढावको सामना गर्न र सफल व्यक्ति बन्न सहयोग गर्यो। यी कुरा जुन तपाईले पनि आफ्नी छोरीलाई सिकाउन आवश्यक छ।
जस्तो छ उस्तै रहन दिनुहोस् : एक अन्तर्वार्तामा उज्जवला पादुकोणले दीपिका सानोमा टम ब्वाय थिईन् र बेपर्वाह एवं मस्ती रुचाउने केटी थिईन्। तर जब बहिनीको जन्म भयो उनी केयरिङ नेचरको बनिन्। तर उज्जवलाले दीपिकालाई अरु कोहीँ जस्तो बन्न दबाब दिईनन्। हरेक आमाले यो कुरा स्वीकार गर्नुपर्छ कि आफ्नो बच्चा अरुका भन्दा अलग हुनेछन् र समयसँगै तिनमा पनि बदलाव आउनेछ।
सधैँ आफ्नो मनको कुरा सुन : दीपिका सानैदेखि खेलकुदमा रुचि राख्थिन् र राम्रो प्रदर्शन पनि गर्थिन्। उनी ब्याडमिन्टन राम्रो खेल्थिन्। यसको साथै अग्ली कदकी दीपिका कम उमेरबाटै मोडेलिङ गर्थिन्। पछि उनको पूरा ध्यान मोडेलिङ मोडियो। दीपिकाले यसमै आफ्नो करियर बनाउने बारे सोच्दा उज्जवलाले रोकिनन्। उनले दीपिकालाई आफ्नो सपना पूरा गर्नको लागि मुम्बई जान दिईन्। पछि यहीँ मोडेल सुपरस्टार बनिन्।
पैसाको महत्व बुझ : उज्जवलाले दीपिकालाई आर्थिक रुपबाट मजबूत हुन् र पैसाको महत्व सिकाईन्। उनले सानैदेखि आफ्नी छोरीलाई कुनै चीज खरिद गर्नु अघि त्यो चीज कति कामको, कति मूल्यको हो र तोकिएको मूल्य अनुसार त्यति तिर्न लायकको छ लगायत कुराहरु सिकाउँथिन्। यस पाठले दीपिकालाई आफ्नो मेहनतको कमाईलाई सही तरिकाले प्रयोग गर्न र बचत गर्न सिकायो।
आत्मनिर्भर बन : उज्जवला पादुकोणका अनुसार एक युवती आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ। विवाहपछि चाहे पतिले कमाऊन् या नकमाऊन्, तर युवती आफ्नो खुट्टामा उभिएको हुनुपर्छ। यहीँ कुराले दीपिकालाई सानो उमेरमा नै आत्मनिर्भर हुन् सिकायो र १७ वर्षको उमेरमै उनी एक्लै मुम्बईमा करियर बनाउन गईन्। छोरीलाई आत्मनिर्भर बनाउनु एक आमाको पहिलो पाठ हुनेछ।