नेपाली चलचित्र क्षेत्रमा विदेशी चलचित्रको हाबी, आफ्नो क्षेत्रमा पनि कमजोर बन्दै नेपाली चलचित्र !

केही  दिन पहिलेबाट प्रदर्शनमा आएको फिल ‘शुर्यवंसी’ नेपाली हल-हलमा लागेको छ । लामो समय देखी हलमा नदेखिएका दर्शक यति बेला भारतीय क्षेत्रको बलिउड फिल्म ‘शुर्यवंसी’ हेर्नको लागी हलमा देखिएका छन् । यस फिल्ममा बलिउडका तिन चर्चित अभिनेताको अभिनय रहेको छ । यस फिल्ममा अजय देवगन, अक्षय कुमार र रणवीर सिंहको अभिनय रहेको छ । यस फिल्ममा अक्षय कुमार र अभिनात्री कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।

करिब दुई वर्ष देखी बन्द रहेको हलहरुमा अहिले मानिसको चहल पहल देखिन थालेको छ । नेपालमा कोरोना भाइरसको कारण बन्द राहेको हलहरु केही समय पहिले घटस्थापनाको दिनबाट, आज भन्दा करिब एक महिना पहिलेबाट फिल्महरु चल्न सुरु गरे  पनि हलहरुमा फिल्म हेर्ने दर्शकको खासै भिड थिएन तर केही दिन पहिलेबाट हलहरुमा लागेको बलिउड फिल्म ‘शुर्यवंसी’ हेर्नको लागी दर्शकको भिड लागेको छ । यसबाट अनुमान लगाउन सकिन्छ के नेपाली फिल्मले दर्शकको मन जित्न नसकेको हो र ? यदि यस्तै हो भने केही समय पछि नेपाली फिल्म सङ्कटमा नपर्ला भन्न सकिन्न ।

आज भन्दा करिब एक वर्ष पहिले नै रिलिज भइसक्नु पर्ने फिल्म ‘ए मेरो हजुर ४’ जसमा अभिनेता अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । भने अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि रिलिजको तयारीमा छ । अब यी फिल्म जसलाई दर्शकले कत्तिको रुचाउछन् त्यो भने हेर्न बाँकी छ ।

केही सामाजिक सञ्जालमा प्रकाशी भएको खबर नुसार अहिले नेपाली फिल्म नलाग्नुको कारण पहिले पहिले हिन्दी फिल्म हाल-हालमा लगाएर हेर्ने र दर्शक फिल्म गर्नको लागी हलमा कत्तिको आउँछन् त्यस पछी नेपाली फिल्महरु हालमा लगाउने कि नलगाउने निर्णय हुने बताएको छ । यस कुरालाई पछिल्लो समयमा चर्चाको साथै विवादमा रहने कार्यक्रम साथै कार्यक्रम संचालक प्रकाश सुवेदीले पनि आफ्नी कार्यक्रममा बताएका छन् ।

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड फिल्म ‘सूर्यवंशी’ हेरे दीपले: भन्छन् दर्शक हलसम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौँ !