कुनै समयमा विदेशी सिनेमाको नेपाली सिनेमाले आफ्नै देशमा स्थान पाउन नसकेको भन्दै कुर्लने कलाकार दीपक राज गिरी यति बेला भारतीय फिल्म ‘सूर्यवंशी’ फिल्म गरेर फिल्म राम्रो रहेकाले हेर्न आग्रह गरेका छन् ।
अहिलेको समयमा नेपाली चलचित्रले हालमा दर्शक तान्न नसकेको अवस्थामा बलिउड फिल्म ‘सूर्यवंशी’ ले नेपालका हलहरु कब्जा गरेको छ । त्यस्तै अहिलेको समयमा नेपाली फिल्महरु हालमा लग्न सकेका छैनन् र लागेकाले पनि दर्शक पाउन सकेका छैनन् । त्यसतै केही दिन पहिले हालमा लागेको फिल्म ‘डाँडाको बर पिपल’ दर्शक पाउन सकेको छैन । केही सामाजिक सञ्जालमा फिल्म ‘डाँडाको बारा पिपल हेर्नको हालमा जम्मा ६ जान दर्शक आएको खबर भाइरल भएको थियो ।
कोरोना महामहारी सम्म विदेशी फिल्मको कटाक्षे गर्ने कलाकार तथा फिल्म निर्देशक दिपक राज गिरी यति बेला बलिउड फिल्मको समर्थनमा उत्रिएका छन् । दीपकले समर्थन सामाजिक सञ्जाल मार्फत गरेका छन् । सामाजिक सञ्जाल फेसबुक लेखेका छन् ‘“सूर्यवंशी “ समय हल खचाखच छ ! चलचित्र विदेशी हो तर यो अवस्थामा दर्शक हल सम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौ !’
फिल्म ‘डाँडाको बर पिपल’ रिलिज गर्ने समयमा त्यस फिल्म पछि थुप्रै फिल्म रिलिज गर्ने तयारी थिए थुप्रै फिल्म निर्देशक तर फिल्म ‘डाँडाको बर पिपल’ नराम्रो सँग धक्का खाएको देखेर सबै निर्देशक फिल्म रिलिज गर्नबाट पछि हटेका थिए । यस्तो अवस्थामा कलाकार दीपकले सामाजिक सञ्जाल मार्फत ‘यो अवस्थामा दर्शक हल सम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौँ !’ दिपकले यो कुरा दर्शकलाई भने की फिल्म निर्देशकलाई त्यो कुरा भने अन्योलमा छ । यति बेला सामाजिक सञ्जालमा दीपकलाई मानिस हरुको गालीको साथै आलोचना भइरहेको छ ।