बलिउड अभिनेता शाहरुख खान र गौरीका बारेमा धेरै कमलाई थाहा छ कि यी दुईले पहिलो पटक कहिले एक-अर्कालाई देखेका थिए र कसरी उनीहरु एक-अर्कामा प्रेम भएको थियो ।
बलिउडका सुपर स्टार शाहरुख खानले आज आफ्नो ५६ औ जन्मदिन मनाइरहेका छन् । सन १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मेका अभिनेता शाहरुख खानले कडा मेहनतले बलिउडमा उनको छुट्टै स्थान बनाएका छन् । आज हामी अभिनेता शाहरुख खानको जन्मदिनको अवसरमा उनको जीवन सँग सम्बन्धित केही महत्त्वपूर्ण कुरा बताउने छौँ ।
कहिलेको समयको किंग खानको नामले चिनिने शाहरुख आजको समयमा बलिउडका शीर्ष कलाकारमध्ये एक हुन् । रोमान्सका राजा शाहरुख खानले पहिलो पटक गौरीलाई साथीहरु सँगको सामूहिक पार्टीमा देखेका थिए । किंग खानले पहिलो नजरमा गौरीलाई मन पराएका थिए ।
जब प्रेम बढ्दै गयो, तब दुई बीच धर्मको कुरा आयो । शाहरुख मुस्लिम परिवारका थिए भने गौरी खान हिन्दु ब्राह्मण परिवारकी हुन् । यस्तो अवस्थामा विवाहका बेला दुवैले धेरै चुनौतीको सामना गर्नुपरेको थियो ।
मिडिया रिपोर्टका अनुसार बलिउड स्टार शाहरुख खानले गौरीसँग ३ पटक विवाह गरेका थिए । दुवैको धर्म फरक भएको कारण अभिनेताले यस्तो गरेका हुन् । आफ्नो अन्तर्वार्तामा किङ खानले आफ्नो सम्बन्ध निकै उतारचढावबाट गुज्रिएको बताएका छन् । एक समय थियो जब गौरीलाई ब्रेक लिन मन लाग्थ्यो । तर, यो धेरै पहिलेको कुरा हो र त्यस समयमा दुवै जवान थिए ।