नागा चैतन्य सँगको सम्बन्ध विच्छेद पछि अभिनेत्री सामन्थालाई बलिउडबाट आयो ठुलो अफर !

सामन्थाका फ्यान दक्षिण भारतीय मात्र नभई हिन्दीमा पनि रहेका छन् । सामन्थालाई उनका फ्यानहरु उनलाई पर्दामा हेर्नको लागी सधैँ नै उत्साहित हुने गर्दछन् । अहिलेको समयमा केही भारतीय मिडियाको अनुसार अब सामन्थाले बलिउडमा डेब्यु गर्न सक्ने खबर आएको छ ।

साउथ अभिनेत्री सामन्था रुथ प्रभुले साउथ इन्डियन फिल्ममा आफ्नो उत्कृष्ट अभिनयको जादु चलाएकी छिन् । तर, सामन्थाका फ्यान दक्षिण भारतीय मात्र होइन हिन्दी दर्शक पनि छन् । यस्तो अवस्थामा उनका फ्यानहरू उनलाई पर्दामा हेर्नको लागि सधैँ उत्साहित हुन्छन् । त्यसतै सामन्था अभिनित फिल्ममा उनको अभिनय प्राय: मन छुने खालको हुने गर्दछ ।


यसै बीच अब सामन्था छिट्टै बलिउडमा पाइला राख्ने खबर आएको छ । रिपोर्टका अनुसार अभिनेत्री तापसी पन्नुले निर्माण गर्ने लागेको फिल्मका लागी सामन्थालाई अ-प्रोच गरिएको छ । तापसी पन्नुको आउ:टसा:इडर्स फि-ल्म्स महिला केन्द्रित थ्रिलर फिल्म निर्माण हुने तयारीमा छ।


अब यो थ्रिलर फिल्मका लागी फिल्म निर्माण टिमले यस फिल्ममा मुख्य भूमिकामा अभिनेत्री सामन्थालाई अनुबन्धित गर्ने तयारी गरेको छ । यद्यपि, यसबारे अहिले कुनै आधिकारिक पुष्टि भएको छैन, यद्यपि सामन्था नयाँ चुनौतीहरूको सामना गर्न तयार देखिन्छन्।

त्यसतै पछिल्लो समयमा अभिनेत्रीको नगा चैतन्य सँग भएको सम्बन्ध विच्छेदको कारण पनि अभिनेत्री केही समय देखी सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । कतिपय सञ्चार मध्यमले उनलाई बलिउडमा आउनको लागी नागा सँग सम्बन्ध विच्छेद गरेको आरोप लगाएका छन् । तर यस सम्बन्ध विच्छेदको विषयमा दुवैले केही पनि बोलेका छैनन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिर खानदेखि रणवीर कपूरले फिल्ममा यस्तो भूमिका निभाएका छन् !