न्यायालयमा देखिएको विवादको कारण आज बार एशोसिएसनकै अगाडी न्याय दिलाउने दुई वकिल बिचमा विवाद हुँदा कुटाकुट भएको छ । अहिले उक्त्त झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भने विभिन्न मानिस तथा कलाकारले यसको मजाक उडाउनुको साथै दु:ख व्यक्त गरेका छन् ।
त्यस्तै हास्य कलाकार केदार धिमिरे (माग्ने बुढा) ले ‘नेपाल बार नाम राखेछन्। नेपाल वार राख्नु परो ।’ भनेका छन् । शुक्रबार दुई वकिल भूमिनन्द चुडाल र विराट न्यौपाने के विषयमा कुरा नमिल्दा एक आपसमा भिडेका थिए । तर त्यहाँ उपस्थित तथा प्रत्यक्ष दर्शीका अनुसार इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीमा विवाद भएको कानुन व्यवसायीले बताएका छन् ।