सल्यानमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

सल्यानबाट दाङको तुलसीपुरका लागी छुटेकाे बस दुर्घटना भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुगेकाे छ । बस सल्यानको कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएकाे हाे ।

ना २ ख २५५२ नम्बरको यात्रुवाहक बसमा दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गाेविन्द थापाले जानकारी दिएका छन् ।

दुर्घटनामा पर्ने प्राय: तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको छ छ। अहिले पनि उद्धार भइरहेको र ज्यान गुमाउने सबैको सनाखत हुन् सकेको छैन ।

प्राहरीक अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका हरुलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको बताएका छन् । दुर्घटनामा परेको बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

 

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१६:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर आउन देउवाको च्यालेन्ज