आर्यन खानको विषयमा अदालतमा सुनुवा सुरु, आज हुनेछ निर्णय !

आज बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विषयमा आदलतमा फैसला हुने भएको छ । यति बेला अदालतमा सबै वकिलहरू उपस्थित छन्। मुकुल रातोगी, सतीश मानसिन्दे, एएसजी अनिल सिंह र वकिल श्रीराम सिरसाट अदालत पुगेका छन् ।अहिलेसम्म यस मुद्दामा आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धामेचाको तर्फबाट बहस भइसकेको छ । आर्यन खानको जमानत याचिकामा आज फैसला हुन सक्छ ।

पछिल्लो केही समय देखी बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खान पुलिस हिरासतमा छन् । यति बेला उनले ड्रग्स लिने गरेको कुरा स्वीकार गरेका छन् । अहिले आर्यन र उनीसँग विभिन्न मध्यमबाट जोडिएका विषयमा अनुसन्धान भाइरहेको छ ।


केही दिन पहिले भारतीय मिडियाहरुले ड्रग्सको मामलाम बलिउडमा उदाउँदै गरेको अभिनेत्री पनि रहेको खुलासा गरेको थियो तर नाम भने सार्वजनिक गरेको थिएन । अहिले बलिउड नायिका अनन्या पाण्डेको नाम पनि आर्यनको साथमा सामेल भएको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खानको छोरा आर्यनले पाए जमानत, २५ दिनपछि फर्कँदै घर !