शाहरुख खानको छोरा आर्यनले पाए जमानत, २५ दिनपछि फर्कँदै घर !

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ठूलो राहत मिलेको छ । आर्यनको जमानत याचिकामा लगातार तीन दिनसम्म सुनुवाइ गरेपछि बिहीबार मुम्बई उच्च अदालतले उनलाई जमानत दिने निर्णय गरेको हो। आर्यन खानसँगै अरबाज मर्चेन्ट, मुनमुन धमेचाले पनि जमानत पाएका छन् । आर्यन खान आज राति जेलमै रहनेछन् । आर्यन, अरबाज र मुनमुन अदालतको आदेशको प्रतिलिपि पाएपछि मात्र जेलबाट छुट्न सक्नेछन् । तीनै जना शुक्रबार वा शनिबार जेलमुक्त हुन सक्नेछन् ।

आर्यन खानका वकिलहरूले तीन पटक प्रयासपछि स्टारकिडले जमानत पाउन सफल भएका छन् । यसअघि सत्र अदालतले आर्यन खानको जमानतको निवेदन दुई पटक खारेज गरिसकेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायकको विषयमा करिश्माले भनिन्, हामी सामाजिक प्राणी हौँ मिलेर बसौँ !