नेपालमा राजनीतिक स्थायित्व र विकासको लागी भारत सँगको सम्बन्ध सुदृढ भए मात्र सम्भव छ: प्रचण्ड

सोमबार भएको एक कार्यक्रमा बोल्दै एमालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र छिमेकी देश भारतको सँगको सम्बन्ध सुदृढ भए मात्र नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव रहेको बताएका छन् ।

सोमबार भएको भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल भारत बिचको सम्वन्धमा बोल्दै नेपाल र भारत बिचमा विभिन्न किसिमको समस्या भएको र नेपालको विकासका लागी सम्बन्ध सुदृढ गरेर मात्रै सम्भव हुने बताएका छन् ।

सम्बोधनको क्रममा प्रचण्डले भने ‘यति बेला नेपाल भारत बिचको सम्बन्धमा विभिन्न किसिमको समस्या रहेको सबैलाई थाहा नै छ । नेपाल भारत सम्बन्धलाई सुदृढ गरेर मात्रै नेपालमा राजनीतिक स्थायित्व र विकासको वातावरण बन्न सक्छ भन्ने कुरामा कुनै दुबिधा छैन । त्यसै क्रममा अध्यक्ष प्रचण्डले विभिन्न उदहरण दिँदै नेपाल-भारतको सम्बन्धमा सुधार आउने हो भने नेपाल र भारत बिचमा रहेका सिमा लगायतका विभिन्न समस्या समाधान हुने बताएका छन् ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१७:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हामी हारेको हैन समाज रुपान्तरण र जनताको हितको लागी शान्ति प्रक्रियामा आएको हो: प्रचण्ड