सोमबार एक कार्यक्रममा बोल्दै नेकपाक अध्यक्ष प्रचण्डले माओवादी हारेर आत्मसमर्पण गरेको नभएर अन्य राजनीतिक दलहरु माओवादीको एजेण्डामा आएको बताएका छन् ।
पूर्व भारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा प्रचण्डले भनेका छन् । नेपाल–भारत सम्बन्ध सुदृढ गरेर मात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए । नेपाल भारतको सम्बन्धको उदाहरण दिदै प्रचण्डले भने भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्षले भने माओवादीले ल्याएको परिवर्तन केहीले रीस गरेको उनले बताएका छन् । साथै गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता केही मानिसलाई मन नपरेको प्रचण्ड भनाई छ ।