यस्तो लोभलाग्दो अदामा दिईन् उर्वशीले शुभकामना, फ्यान्स परे दङ्ग

एजेन्सी : सुन्दरताको मामिलामा सबैलाई पछाडी पार्ने अभिनेत्री उर्वशी रौटेला (Urvashi Rautela) सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उर्वशी आफ्नो सुन्दर तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन्। हालै उनले एक गज्जबको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उर्वशीको यो भिडियो सामाजिक सञ्जालमा छाएको छ। भिडियो शेयर गर्नुका साथै उनले फ्यान्सलाई एक खास म्यासेज पनि दिएकी छिन्।

उर्वशी रौटेलाले फ्यान्सलाई सामाजिक सञ्जालमा खास अन्दाजमा करवा चौथको शुभकामना दिएकी हुन्। उर्वशी रौटेलाले एक भिडियो शेयर गरेकी छिन्, जसमा उनी ग्लामरस अवतारमा देखिएकी छिन्। उर्वशीले यस भिडियोमा बेबी पिङ्क कलरको बिकिनी लगाएकी छिन्। यसको साथै उनले ह्याट लगाएकी छिन्। समुन्द्रको तट नजिक उभिएकी उर्वशीले लोभलाग्दो नजर देखाएकी छिन्। भिडियोमै उनका स्टाइलिस्टले उनको आउटफिट मिलाइरहेको पनि देख्न सकिन्छ।

उर्वशी रौटेलाले भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन् – ‘ह्यापी करवा चौथ २०२१’  । उर्वशी रौटेलाका फ्यान्सले उनको यस भिडियोलाई असाध्यै मन पराएका छन्। साथै भिडियोमा सकारात्मक प्रतिक्रियाको वर्षात् भएको छ। उर्वशी यस भिडियोमा अत्यन्तै सुन्दर देखिएकी छिन्।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ड्रग्स काण्ड: ड्रग्स काण्डमा परेकी अभिनेत्री अनन्यालाई फिल्मबाट निर्माताले निकाले ?