आर्यन खान पछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अब मुम्बई क्रुज ड्रग्सको मामलामा अभिनेत्री अनन्या पाण्डेलाई पक्रिएको छ। बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खान सँग गरिएको संवादको कारण ड्रग्स काण्डमा अभिनेत्री अनन्य पनि तानिएकी छिन् । यस मामिलामा एनसीबीले अनन्यासँग सोधपुछ गरिरहेको छ। दुई दिनको सोधपुछपछि अब अक्टोबर २५ अर्थात् आज अनन्यालाई तेस्रो पटक सोधपुछका लागी बोलाइएको छ ।
यसअघि बिहीबार र शुक्रबार एनसीबीले अनन्यासँग क्रमशः २ र ४ घण्टा सोधपुछ गरेको थियो। अनन्यालाई एनसीबी क्षेत्रीय निर्देशक समीर वानखेडेले शुक्रवार ढिलो भएको भन्दै हप्काए। अनन्या ११ बजे एनसीबी कार्यालय पुग्नु पर्ने थियो तर अभिनेत्री २ बजे पुगेकी थिइन्। यसै क्रममा अनन्याका बुबा अभिनेता चंकी पाण्डे पनि छोरीको साथाम एनसीबी कार्यालयमा उपस्थित थिए।
यति बेला केही भारतीय मिडियाहरुले अभिनेत्री अनन्या पाण्डेलाई उनको आगामी फिल्मबाट निकालिएको भन्ने खबर आइरहेका छ । भने कुनै पनि फिल्म निर्माताले यस कुरालाई यस कुरालाई भने सार्वजनिक गरेका छैनन् । अनन्या यस केशमा जोडिए सँग उनको आगामी फिल्म दक्षिण भारतको अभिनेता थलपति विजयको सँग उनको आगामी फिल्मबाट निकालिएको भनिएको छ । तर यस कुरामा फिल्म निर्माताले केही भनेका छैनन् ।