नेकपाक अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल (प्रचण्ड) काठमाडौंबाट करिब ३५ किलोमीटर टाढा रहेको काभ्रे स्थित धुलिखेल पुगेका छन् । त्यहाँ पुगेर प्रचण्डले जिपलाइन खलेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रबार पारिवारिक घुमफिरमा हिडेका प्रचण्ड यति बेला धुखेल पुगेका छन् ।
यति बेला प्रचण्ड जिपलाइन खेलेर मज्जा लिइरहेको देख्न सकिन्छ । नाति, नातिनीसहित काभ्रेको धुलिखेल पुगेका प्रचण्डले जिपलाइनको अनुभव लिएका छन् । साहासिक काममा आफुलाई अधिक रुची रहेको भन्दै प्रचण्डले जिपलाइनको मज्जा लिएका छन् ।
धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई पाँचखाल नगरपालिकाको खावा चोकको केही तल जिप लाइनको ल्याण्डिङ स्टेसन रहेको छ भने जिपलाइनको कुल दुरी १ किलोमिटर जति रहेको छ ।