अहिलेको समयमा महानायक को हो भन्ने विषयमा मानिसहरुले आ-आफ्नै किसिमको प्रतिक्रिया दिएका छन् । यसै क्रममा पत्रकार तथा कार्यक्रम प्रसाश सुबेदीको भनाई अहिले सामाजिक सञ्जाल हरुमा भाइरल भइरहेको छ ।
केही समय पहिले महानायकको विषयमा अभिनेता भुवन केसी र शिव श्रेष्ठले दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। पछि उनीहरुको समर्थन कलाकार तथा फिल्म निर्माता शोभित बस्नेतले पनि समर्थन गरेका थिए तर पछि उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका थिए ।
महानायकको विषयमा भएको विवादको कारणले गर्दा अभिनेता भुवन केसी र शिव श्रेष्ठ अभिनित फिल्म ‘डाँडाको बर पिपल’ फिल्मको गीतको भिडियोमा लाइक भन्दा डीस लाइक बढी आएको थियो । यति बेला फिल्म ‘डाँडाको बर पिपल’ हल-हलमा रिलिज भएको छ । फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ ।
अहिले फिल्मले हालमा सोचे अनुसारको फल पाउन सकेको छैन । यसै क्रममा अहिलेको समयमा विभिन्न कारणले चर्चामा आएका पत्रकार प्रकाश सुबेदीको केही भनाइ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले भनेका छन्’ मैले पनि फिल्म हेरे १५ मिनेट पनि हालमा टिक्न सकिन उहिलेको पाराको ठर्रा फिल्म, फिल्म हो कि सिरियल हो छुट्याउन मुस्किल बलिउड र हलिउडको फिल्म हेर्ने बानी परेका दर्शकलाई शोभित बस्नेतको फिल्म के खाएर चल्नु’ यति बेला प्रकाश सुबेदी यो भनाइ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।