बलिउड अभिनेत्री करिना कपूरको नाम लिने बित्तिकै उनको अभिनय, उनको सुन्दरताको साथै उनको प्रेम सम्बन्धको बारेमा सबैको मनमा विभिन्न किसिमको सोचहरु आउने गर्दछ । केही वर्ष पहिले बलिउड क्षेत्रका दूई ठुला अभिनेता तथा अभिनेत्री करिना कपूर र साहिद एक अर्काको गहिरो प्रेममा परेका थिए । त्यस समयमा सामाजिक सञ्जाल हरुमा यी दुइको प्रेम सम्बन्धको बारेमा निकै चर्चा हुने गरेको थियो ।
अहिलेको समयमा अभिनेत्री करिना कपूर अभिनेता सैफ अलि खान सँग विवाह बन्धनमा बाँधिएकी छिन् र उनिहरुको दूई सन्तान पनि भैसकेको छ । भने साहिद पनि आफ्नै जीवनमा खुसी छन् । तपाईलाई सुन्दा अनौठो लाग्न सक्छ जब करीना कपूर पहिलो पटक प्रेममा परेकी थिइन् जब उनी मात्र १३ बर्षकी थिइन्।
कारीन कपूरले दिएको एक अन्तर्वार्तामा भनेकी छिन् । जब उनको पहिलो प्रेम भएको थियो तब उनी मात्र १३ वर्षकी थिइन् । एक ‘रेडिफ डट कम’ लाई दिएको एक अन्तर्वार्तामा भनेकी छिन् । जब सन १९९० मा फिल्म ‘आज के शहेनशाह’ मा देखिएका कलाकार विक्की निहलानीको प्रेममा परेकी थिइन् । विक्की निहालानी प्रसिद्ध निर्माता पहलाज निहलानीका छोरा हुन्।