यस पटक शारदीय नवरात्रि ८ दिनको परेको छ । यस वर्षको नवरात्रि असोज ३१ गतेबाट सुरु भएर २९ गते सकिने छ । यस समयमा माता दुर्गालाई प्रसन्न पार्नको लागी माता दुर्गाको विभिन्न अवतारको पूजा गरिन्छ । नवरात्रिको समयमा केही यस्ता नियमहरु रहेका छन् । त्यस नियमलाई अपनाएमा तपाइको जिवनमा शुख समृद्धि आउने मान्यता रहेको छ । नवरात्रिको समयमा यस्ता उपाय अपनाउनाले घरमा सुख, समृद्धि र शान्ति ल्याउन सक्छ र हरेक दोष हटाउन सकिन्छ।
घरको मुख्य द्वारा मा स्वितिक चिन्न बनाउनुहोस्- नवरात्रिको समयम घरको मुख्य द्वारामा स्वस्तिक चिन्न अवश्य बनाउनु होला । यस्तो गर्नाले घरमा सुख समृद्धि आउने र धन प्राप्त हुने मान्यता रहेको छ ।
सरसफाईमा ध्यान दिनुहोस्- नवरात्रीको समयमा घर सरसफाई राख्नु निकै आवश्यक हुन्छ । नवरात्रिको समयमा माता दुर्गाको पृथ्वीमा आगमन हुने मान्यता रहेको छ । त्यसैले यस समयमा घरको सरसफाइ राख्नु आवश्यक हुन्छ ।
तुलसीको बिरुवा लगाउनुहोस्- नवरात्रिको समयमा घरमा तुलसीको बिरुवा लगाउनु एकदमै शुभ मानिन्छ । यस समयमा तुलसीको बिरुवा लगाउनले परिवारका सदस्यलाई रोग, सोकले सताउने छैन र घरमा सुख समृद्धि आउनेछ ।
अखण्ड ज्योति- नवरात्रीको समयमा अखण्ड दिप जलाउनाले सुख र सौभाग्यमा वृद्धि हुनेछ । ध्यान दिनुहोस् कि अखण्ड ज्योति कहिल्यै सीधै भुइँमा राख्नु हुँदैन। दीप जलाउँदा केही आसन राखेर मात्र जलाउनु पर्छ ।