प्रशासनिक काममा एक प्रमुख भूमिका निभाउने महान ग्रह शनि देव असोज २५ गते बिहान ८ बजेर ०२ मिनेटबाट मार्गी हुँदैछ। यो भन्दा पहिला शनि ग्रह वक्री स्थितिमा रहेको थियो। शनि ग्रह वक्री स्थतिबाट मार्गी चाल चल्दा यसको प्रत्यक्ष असर पृथ्वीका बासिन्दाहरुमा पर्नेछ। यसको प्रत्यक्ष असर कुन राशिमा सकारात्मक रूपमा पर्नेछ ? हेर्नुहोस्….
मेष राशि
तपाईंको लागि यो समय शुभ रहनेछ। रोजगारीको दिशामा गरिएका सबै प्रयासहरु फलदायी साबित हुनेछन्। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। यदि तपाईं कुनै सरकारी टेन्डरको लागि आवेदन गर्न चाहानुहुन्छ भने पनि समय अनुकूल रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।
सिंह राशि
यो समय तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। गुप्त शत्रुहरु पराजित हुनेछन्। कानुनी क्षेत्रमा निर्णय तपाईंको पक्षमा आउने देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। अत्याधिक दौडधुप रहनेछ। आफन्त तथा साथी-भाइबाट भने अप्रिय समाचार प्राप्त हुनसक्छ। यदि तपाईं विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि कोशिश गर्दै हुनुहुन्छ भने अवसर अनुकूल हुनेछ।
तुला राशि
मार्गी स्थितिमा चल्ने शनिले तपाईंको लागि धेरै अप्रत्याशित परिणाम दिनेछ। लामो समयदेखि प्रतिक्षित कार्य पूरा हुनेछ, सामाजिक प्रतिष्ठा र पद प्रतिष्ठा पनि बढ्नेछ। सम्पत्ति सम्बन्धि मामिलाहरुको समाधान हुनेछ। यदि तपाईं घर वा वाहन किन्न चाहानुहुन्छ, तब अवसर अनुकूल हुनेछ। यस समयमा सावधानीपूर्वक यात्रा गर्नुहोस्। आमा-बुबाको स्वास्थ्यमा समस्या आउनसक्छ।
वृश्चिक राशि
तपाईंको निर्णय शक्तिमा वृद्धि हुनेछ। आफ्नो अदम्य साहस र बहादुरीको बलमा सजिलैसंग कठिन परिस्थितिहरुलाई पार गर्न सकिन्छ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएको प्रयास सफल हुनेछ। आफ्नो ऊर्जा को पूरा उपयोग गर्नुहोस् र अगाडि बढ्नुहोस्, तपाईं सफल हुनुहुनेछ।
मकर राशि
तपाईंको लागि यो समय अत्यन्त शुभ रहनेछ। रोजगारको दिशामा गरिएका सबै प्रयास सार्थक हुनेछन्। कुनै कार्य आरम्भ वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने यो समय निकै अनुकूल रहेको छ। सरकारी क्षेत्रका मानिसको लागि पनि यो समय शुभ नै रहनेछ। यदि तपाईं चुनाव सम्बन्धित कुनै निर्णय लिन चाहानुहुन्छ भने पूर्ण सफलताको योग रहेको छ।