उस्तै हँसिलो मुहारमा काममा फर्किइन् शहनाज, भिडियो सहित !

शहनाज गिल र दिलजीत दोसान्झा आगामी फिल्म ‘हौसला रख’ १५ अक्टोबरमा रिलिज हुँदै छ।

शहनाज गिल बलिउड अभिनेता र उनको सबैभन्दा नजिकको साथी सिद्धार्थ शुक्लाको मृत्यु भएको एक महिना पछी काममा फर्किएकी छिन् । शहनाज लगातार सिद्धार्थको निधनको दु:खलाई बिर्सने प्रयासमा रहेकी छिन् ।

शहनाज आज भोलि उनको आगामी फिल्म ‘हौसला रख’ को कारण चर्चामा छिन् । यस फिल्ममा शहनाज अभिनेता दिलजीत दोसान्झाको साथमा देखिने छिन् । पछिल्लो केही दिन पहिले खबर प्राप्त भएको थोयो अब शहनाज चाडै काममा फर्कने खबर प्राप्त भएको थियो  । यति बेला शहनाज काममा फर्केकी छिन् ।

 

View this post on Instagram

 

A post shared by DILJIT DOSANJH (@diljitdosanjh)

सिद्धार्थ र शहनाजको फ्यानहरु शहनाजलाई काममा फर्केको देखेर खुसि भएका छन् । अभिनेत्री शहनाज गिल र दिलजीत दोसान्झाको आगामी फिल्म ‘हौसला रख’ अक्टोबर १५ मा रिलिज हुँदै छ, जसको लागी   लगातार शहनाजले प्रमोशन गरिरहेकी छिन्।

यस फिल्ममा दिलजी र शहनाज मुख्य भूमिकामा देखिने छन् । यस समयमा दुबैजना फिल्म प्रमोसनमा लागेका छन् । यति बेला शहनाजको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा शहनाज उनको आगामी फिल्मको पार्ट-नर दिलजीत र उनी देखिएका छन् । भिडियो शहनाज निकै खुसी देखिएकी छिन् । यो भिडियोलाई हालै अभिनेता लिलजीतले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका छन्  ।

प्रकाशित : आइतबार, असोज २४, २०७८१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्वेता तिवारीको छोरी पलकले फेरी मच्चाइन् तहल्का, सार्वजनिक गरिन् यस्ता तस्बिर !