शाहरुख खान र गौरी खानका छोरा आर्यन खान विगत केही दिन देखि नै एनसीबीको हिरासतमा छन्। उनलाई लागु-औषध मुद्दामा एनसीबीले छापा मारेको थियो। त्यस समय देखि गौरी खान लगातार आफ्नो छोराको लागी जमानत प्राप्त गर्न हर सम्भव प्रयास गरी रहेकी छिन्।
आज गौरी खानको जन्म दिन यस दिन सामाजिक सञ्जालमा गौरीको आजसम्म नदेखिएको एक भिडियो देखिएको छ । जसमा उनि रोइरहेकी छिन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आज अर्यन खानको जमानत हुँदै छ । हिजो उनको जमानत निवेदन खारेज भएको थियो। अहिलेको यस्तो अवस्थामा एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा आर्यन खान अदालतको बाहिर उभिएका छन् र अगाडि एउटा कार पार्क गरीएको देखिन्छ। जसमा भित्र गौरी खान रोइरहेकी छिन्। भिडियोमा गौरीले आफ्नो मुख छोपेकी छिन् ।
यो भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु धेरै भावुक भएका छन्। आज गौरीको जन्मदिन हो, तर उनको छोरा एनसीबी हिरासतमा उनीबाट टाढा छन्। यस्तो स्थितिमा मानिसहरु उनको हौसला बढाउने कमेन्ट गरिहेका छन् । त्यसतै कमेन्टमा गौरी प्रति: प्रश्न गर्नेको पनि कमी छैन।