केही दिन पहिले युटयुब मार्फत सार्वजनिक भएको भुवन केसी र अभिनेता शिव श्रेष्ठ अभिनित फिल्म ‘डाँडाको बर पिपल’ फिल्मको गीतको भिडियोमा अहिले लाइक भन्दा डीस लाइक बढी आएको छ ।
पछिल्लो समयमा महानायक को भन्ने विषयमा निकै चर्चा भैरहेको छ । यस विषयमा नायक भुवन केसी र शिव श्रेष्ठले दिएको अन्तर्वार्ता निकै भाइरल भइरहेको छ । केही दिन पहिले दुई अभिनेता भुवन र शिवले दिएको अन्तर्वार्तामा अभिनेता हरुले महानायक राजेश हमाललाई भनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

यसै बिचमा केहि दिन पहिले अभिनेता शिव श्रेष्ठ र उनले महानायक मान्न पर्छ भनिएका अभिनेता भुवन केसी अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त म्युजिक भिडियोलाई बुढा सुब्बा डिजिटल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको थियो । तर उक्त म्युजिक भिडियोले नराम्रो सँग धक्का खाएको छ । ‘देउराली बनेछ ढुङ्गाको’ नामक उक्त म्युजिक भिडियो सार्वजनिक गरेको आज २२ दिन भैसकेको छ । तर आज सम्म उक्त म्युजिक भिडियोमा जम्मा २ लाख ६४ हजार जातिले हेरेका छन् भने भिडियोमा १० हजार लाइक आउँदा १९ हजार डीस-लाइक आएको छ ।

यति बेला यस भिडियोलाई मानिस हरुले नहेरिनुको कारण महानायकको विषय हो भन्न सकिन्छ । भिडियोको कमेन्टमा भिडियोको तारिफ भन्दा पनि भुवन केसीले अन्तर्वार्ताको क्रममा राखेका धारणको मानिस हरुले खण्डन गरेका छन् । कमेन्टमा धरै मानिसले महानायकको विषयमा भुवन र शिव श्रेष्ठले खण्डन नगरेको भए अहिले भुवन केसी र शिव श्रेष्ठ अभिनीत म्युजिक भिडियो हि-ट हुने धारण राखेका छन् ।
