अभिनेत्री आँचलको आग्रह कलाकारको व्यक्तिगत जीवनलाई लिएर कमेडी नगर्नुहोस् !

अहिलेको समयमा नेपाली चलचित्र क्षेत्र केही चलायमान हुन थालेको छ । हिजो भएको अवार्ड शो कार्यक्रममा विभिन्न कलाकार तथा गायक गायिका उपस्थित भएका थिए । यसको साथै असोज २१ गते घटस्थापनाबाट हलहरु पनि सञ्चालन हुने भएको छ ।

हिजो भएको अवार्ड शो कार्यक्रममा विभिन्न कलाकार तथा कमेडियन हरुले विभिन्न प्रस्तुति दिएका थिए । त्यसै समयमा अभिनेत्री आँचल शर्मा अचानक स्टेजमा गएर अनुरोध गर्छिन् । सोमबार काठमाडौंको चन्द्रागिरिमा आयोजना भएको ‘वेस्ट म्युजिक अवार्ड २०२१’ मा आँचल शर्माले कमेडीको नाममा कलाकारको व्यक्तिगत जीवनलाई लिएर कमेडी नगर्न आग्रह गरेकी छिन् ।

पछिल्लो सिजनको चर्चित ‘कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रमा आफ्नो प्रस्तुति दिने क्रम उनले आँचल लगायत विभिन्न कलाकारको नाममा कमेडी गरेका छन् । कार्यक्रममा सुन्दर खनालले पत्रकार प्रकाश सुवेदी सहित उत्सव रसाइलीको नाममा समेत व्यङ्ग गरेका थिए ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायकको विषयमा शोभित बस्नेतले मागे माफी, भन्छन् ‘मैले गल्ती बोलेछु !’