अभिनेत्री सोनाम कपूर देखिइन् यस्तो रुपमा, फ्यानहरुले यस्तो सम्म भने !

बलिउड अभिनेता अनिल कपुरको छोरी तथा अभिनेत्री सोनाम कपूर प्राय: सामाजिक सञ्जालमा चर्चाको विषय बनि रहन्छिन् । त्यसतै केही दिन पहिले अभिनेत्री गर्भवती भएको खबरले सामाजिक सञ्जाल निकै तातेको थियो । त्यस समयमा अभिनेत्रीले उनको गर्भावस्थाको खबरकोलाई झुटो साबित गर्दै उनको एक सानदार तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । एक पटक अभिनेत्री फेरी चर्चामा आएकी छिन् । तर यस पटक उनी आफ्नो अनौठो पोसाकको कारण चर्चामा आएकी छिन् ।

सोनम कपूरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पछिल्लो फोटोशूटको तस्बिर सेयर गरेकी छिन्। यी तस्बिरहरुमा सोनम कपूर सेतो पोसाक लगाई रहेकी छिन्। सोनम कपूरको यो ड्रेस निकै चर्चामा छ।

सोनमले लगाएको ड्रेसमा एक महिलाको तस्बिर बाइएको छ । तस्बिरमा अभिनेत्रीले रातो लिपस्टिकको साथाम सुन्दर रिङ लगाएकी छिन् ।


सोनमको यस तस्बिर देखेर सबैको होस उडेको छ । फ्यानहरु तस्बिरमा कमेन्ट गर्दै लेखेका छन् । ‘यस पोसाकमा तपाइलाई रातमा देख्यो भने सबैको होस् उड्नेछ ।’ एक प्रयोगकर्ताले सोनम कपुरको तुलना रणवीर सिंहसँग गरेका छन् ।

यति  बेला अभिनेत्रीको यी तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । साथै फ्यानहरुको कमेन्टको ओइरो लागेको छ ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेम सम्बन्धमा रहेपनि मुमताजले अस्वीकार गरेकी थिइन् शम्मी कपूरको बिहेको प्रस्ताव !