बलिउडको चर्चित अभिनेत्री मुमताज लाइमलाइटबाट टाढा परिवारसँग समय बिताईरहेकी छन्। मुमताजले इन्डस्ट्रीमा लामो समयसम्म राज गरिन्। पर्दामा उनको अभिनयलाई निकै मन पराईन्थ्यो। साथै उनको आकर्षक अनुहारमा जो कोहि पनि फिदा हुन्थ्ये। त्यस समय साधारण जनता मात्र नभई बलिउडको थुप्रै सुपरस्टार पनि उनलाई आफ्नो बनाउन चाहन्थ्ये। यसमा शम्मी कपूरको नाम पहिला आउँछ। मुमताजले बताएकी थिइन् कि उनलाई शम्मीले प्रेम गर्ने र बिहे गर्न चाहेको कुरा थाहा थिएन। यधपी उनले शम्मीको प्रेम अस्वीकार गरेर मयूर माधवानीसँग बिहे गरिन्। मुमताजले शम्मी धनी भएको कारण बिहे अस्वीकार गरेको कुरा खुलासा गरेकी थिइन्।
अभिनेत्रीले भनिन् ,” त्यस समय सबैजना मेरो बिहे हेर्न चाहन्थ्ये। तर म कोसँग खुशी रहन सक्छु त्यो मेरो निर्णय थियो। शम्मी कपूर मलाई निकै राम्रो व्यवहार गर्थ्ये। कसैलिई यो कुराको विश्वास भएन कि मैले उनको बिहेको प्रस्ताव अस्वीकार गरे। मनमा यही प्रश्न थियो कि म कसरी शम्मी जस्तो चर्चित कलाकारलाई नाई भन्न सक्छु। यधपी मैले मयूर माधवानीसँग बिहे गरे र भगवानको कृपाले उसँग पनि धेरै सम्पत्ति छ। ” खबर अनुसार शम्मीले शर्त राखेका थिए कि मुमताजले यदि उसँग बिहे गर्यो भने उनले फिल्म इंडस्ट्री छोड्न पर्नेछ। मुमताजले आफ्नो परिवारलाई आर्थिक सहारा दिनको लागि फिल्ममा कादाम राखेकी थिइन्। यसैकारण उनीइ यो शर्त मान्न तयार थिइनन्। त्यसपछि मुमताजले यस प्रस्तावलाई अस्वीकार गरिन् र शम्मीसँग उनको बिहे भएन।