सामन्थाले अस्वीकार गरिन् २०० करोड रुपैयाँ भत्ता , बताईन् यस्तो कारण !

साउथ फिल्म इंडस्ट्रीको चर्चित जोडी सामन्था र नागाले सोशल मीडिया अकाउन्ट मार्फत आफ्नो सम्बन्ध विच्छेद हुने जानकारी दिएका छन्। रिपोर्ट्स अनुसार सामन्थालाई एलिमनीको रुपमा ५० करोड मिल्नेछ।  यधपी अभिनेत्रीले कथित रुपमा एलिमनी लिन स्वीकार गरेकी छन्। एक मीडिया रिपोर्ट्स अनुसार सामन्थालाई रु २०० करोडभन्दा धेरै पेशकश  गरिएको थियो तर अभिनेत्रीले सम्बन्ध खतम गर्नको लागि एक रुपैँया  पनि नलिने जानकारी दिएकी छन्।

साथै आफ्नो डिभोर्सको कारण सामन्था निकै टुटेको र उनलाई आफ्नो बिहेबाट माया र साथ चाहिएको थियो। तर अहिले सबै कुरा खतम भएको र उनलाई केहि नचाहेको बताएकी छन्। सामन्थाले लेखिन् ,” हाम्रो प्यारो शुभचिंतकहरु, धेरै नै सोच विचार गरेपछि  मैले र चैतन्यले श्रीमान-श्रीमातीको रुपमा नरहने निर्णय लिएका छौँ। हामी धेरै भाग्यमानी छौँ कि हाम्रो मित्रता १० वर्षसम्म भन्दा धेरै रह्यो। जुन हामीबीच निकै महत्त्वपूर्ण सम्बन्ध थियो।’

 

नागा-सामंथाको लभ स्टोरी २०१० सालमा आएको फिल्म ‘ये माया चेसावे’ बाट सुरु भएको थियो। त्यसपछि उनले २०१७ सालमा गोवामा बिहे गरेका थिए।  सामन्था ,नाअगाको डिभोर्सको खबर धेरै समयदेखि चलिरहेको थियो। तर कसैले पनि यो कुरा खुलेर गरेका थिएनन्। रिपोर्ट अनुसार सामन्था र नागाको सम्बन्धमा समस्या आउनु अभिनेत्रीको करियरप्रति धेरै लगाव हुनु हो। बिहेपछि फिल्ममा बो-ल्ड सीन्स गरेको उनको ससुरालाई मन पर्दैन थियो।

 

प्रकाशित : आइतबार, असोज १७, २०७८११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दोस्रो विवाह गर्नको लागि आमाले बेचिन ९ महिनाको छोरा, ३ लाखमा भएको थियो सम्झौता !