आमाको माया एक पटक फेरी लज्जित भएको छ । । एक महिलाले आफ्नो नौ महिनाको छोरालाई बेचेकी छिन् उक्त खबर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उक्त बच्चाले उनको दोस्रो विवाहमा वाधा पुर्याको भन्दै महिलाले आफ्नै कोखबाट जन्म दिएको बच्चालाई बेचेकी छिन् ।
ती महिला उनको पहिलो श्रीमानबाट अलग भएकी थिइन् । र उनी दोश्री विवाह गर्न तयारीमा थिइन् तर पहिलो विवाहबाट जन्मेको सन्तानले बाधा पुर्याइरहेको थियो। यी सबै कुराबाट छुटकारा पाउनको लागि ती महिलाले आफ्नी सन्तान छोरारालाई बेचिकी थिइन् ।
यो अनौठो घटना भारतको तमिलनाडुको तूतीकोरिन जिल्लामा भएको भारतिया मिडियाहरुले बताएका छन् । जानकारी अनुसार अभियुक्त महिलाले २०१९ मा विरुधुनगर जिल्लाका निवासी आर मणिकन्दनसँग विवाह गरेकी थिइन्। तर मतभेदको कारण दुई केही महिना पहिलेबाट अलग भएका थिए।
ती अभियुक्त महिलाको आमा बाबु हमिलाको दोश्रो विवाह गराउन चाहन्थे तर बच्चाको कारणले गर्दा कुराहरु हुन सकेनन्। त्यसैले उनले बच्चा बेच्ने निर्णय गरिन् । त्यसपछि एक निःसन्तान जोडीले ३ लाख रुपैयाँमा बच्चा किने। जब स्थानीय महिलाहरुलाई यो कुरा थाहा भयो उनीहरुले पुलिसमा उजुरी दिए।
प्रहरीका अनुसार बच्चा किन्ने दम्पती र एक बिचौलिया पक्राउ परेका छन्। अभियुक्त महिला र उनको परिवारका सदस्यसहित ६ जनालाई पक्राउ गर्ने प्रयास जारी छ।