गोविंदा र कृष्णा अभिषेकको परिवारबीच सुरु भएको पारिवारिक झगडा सबैलाई थाहा नै छ। यस मामिलामा केहि समय पहिले गोविंदाको श्रीमती सुनिताले कृष्णाको श्रीमती कश्मीरा शाहलाई खराब बुहारी भनेकी थिइन्। अब हालै कश्मीराले सुनितालाई निशाना बनाउदै क्रूर सासू भनेकी छन्। कश्मीराले ट्वीट गर्दै लेखेकी छन् ,” केही मान्छे हाम्रो पारिवारिक मामिलामा हात सफा गर्ने कोसिस गरिरहेका छन्। त्यस्तै एक कुरालाई पढेर मेरो छोराले मलाई सोचे कि खराब बुहारी भनेको के हो ? मैले यसको जवाफमा खराब बुहारी ती हुन्छन् जसले क्रुर सासु पाएका हुन्छन्।”
कश्मीराले दिएको अन्तर्वार्ताले सुनिता निकै रिसाएकी थिइन् र उनलाई गोविन्दा र कृष्णाको लडाईको कारण बताएकी थिइन्। एक अन्तर्वार्तामा सुनिताले भनेकी थिइन्,” जब कश्मीरा शाह घरमा आईन् त्यस समयदेखि घरमा तनाव सुरु भएको छ। हामीले जबदेखि घरमा खराब बुहारी लिएर आयौँ तबदेखि पारिवारिक तनाव भईरहेको छ।
कपिल शर्मा शो मा जब गोविंदा र सुनीता आए तब कृष्णा यस एपिसोडमा गायब भएका थिए। साथै कश्मीराले गोविंदालाई पैसाको लागि डान्स गर्ने मान्छे पनि भनेकी थिइन्। सुनिता कश्मीराको छोराको जन्मदिनमा पनि गएका थिएनन्। साथै उनको छोरा बिरामी हुँदा पनि अस्पतालमा हेर्न नगएको कृष्णाले गुनासो गरेका थिए।